scheduleशनिवार श्रावण ४ गते, २०७६

एसईईको नतिजा शनिबारसम्म आउने

काठमाडौं,१० असार । एसईईको नतिजा यसै साता प्रकाशित हुने भएको छ । नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो ।

असार १४ गतेभित्र एसईईको नतिजा निकाल्ने गरी तयारी भएको बोर्डले जनाएको छ । २०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो ।

संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob