scheduleबुधवार मंसिर ४ गते, २०७६

मेक्सिको-अमेरिका सीमाको त्रासदीः संसारलाई स्तब्ध बनाउँदै बाबु-छोरीको शव

एजेन्सी, ११ असार । सोमबार अमेरिका र मेक्सिको सीमा नजिकै घटेको एक घटनाले सारा विश्वको ध्यान तानेको छ ।

अमेरिका र मेक्सिकोको सीमा रहेको  रियो दि ग्रान्डे नदीमा एक जना बाबु र छोरी मृत अवस्थामा भेटिएका छन् । मृतक बाबु अलबर्टो मार्टिनेज र उनकी छोरी एन्जी भ्यालेरिया रहेको प्रहरीले बताएको छ । मृतक दुवै साल्भाडोरका हुन् ।

मेक्सिको हुँदै अमेरिका जान खोज्ने आप्रवासीहरु निकै जोखिममा छन् भन्ने कुरा उक्त तस्बिरबाट प्रस्ट हुन्छ । आप्रवासीको मानवीय पीडालाई गणितीय तथ्याङ्क र कडा नीतिका आधारमा हेरिने कुरा क्रुर र अमानवीय छ भनेर समेत यसले देखाउँछ ।

मेक्सिकोको सीमा हुँदै लुकेर अमेरिका जान खोज्दा मार्टिनेज र भ्यालेरियाले रियो ग्रान्डेमा आइतबार डुबेर ज्यान गुमाएका थिए । उनीहरुको शब सोमबार टेक्सास नजिकै नदी छेउमा भेट्टिएको थियो । भ्यालेरियाको उमेर २ वर्ष भएको समाचार माध्यमले जनाएका छन् ।

मेक्सिकोका पत्रकार जुलिया लि डुसले मृतक बाबु र छोरीको तस्बिर खिचेर सार्वजनिक गरेका थिए । मृत बाबु र छोरीको तस्बिर निकै दर्दनाक देखिन्छ । भ्यालेरिया बाबुको टिशर्टभित्र मृत अवस्थामा थिइन् । उनको दायाँ हात मार्टिनेजको घाँटीमा रहेको थियो ।

यो फोटोले ३ वर्षीया बालक एल्यान कुर्डीको स्मरण गराएको छ । कुर्डीको शव टर्कीको सामुन्द्रिक तट नजिकै भेट्टिएको थियो । भ्यालेरी मार्टिनेजको तस्बिरले आप्रवासीसम्बन्धी नीतिलाई पुन: बहसमा ल्याएको छ ।

मार्टिनेज र भ्यालेरीको ज्यान गएको समाचार बाहिर आएलगत्तै साल्भाडोरका विदेशमन्त्री अलेक्सान्द्रा हिलले आफ्ना नागरिकलाई देशमा बस्न र रोजगार सिर्जना गर्ने कार्यमा सरकारलाई सहयोग गर्न आग्रह गरेकी छन् । स्वदेशमै रोजगारी सिर्जना गर्न सके जोखिमपूर्ण यात्रा गरेर अमेरिका छिर्न पर्ने अवस्थाको अन्त्य हुने हिलले बताएकी छन् ।

केही महिनादेखि अधिकारीकर्मीले मेक्सिकोको सीमा पार गरेर अमेरिका जाने आप्रवासीको जीवन जोखिममा रहेको बताउँदै आएका छन् । कडा अमेरिका नीतिका कारण जोखिमपूर्ण स्थानबाट मानिसहरु प्रवेश गर्न खोज्दा ज्यान जाने गरेको उनीहरुको भनाइ छ ।

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage