scheduleबुधवार भाद्र ४ गते, २०७६

बन्दी केन्द्रबाट झन्डै २५० आप्रवासी बालबालिकाहरू सारिए


एजेन्सी, ११ असार । अमेरिकाको टेक्ससस्थित सिमाना नजिकको एउटा बन्दी केन्द्रबाट झन्डै २५० आप्रवासी बालबालिकाहरू अन्यत्र सारिएका छन ।

त्यहाँ पुगेका कानुन व्यवसायीहरूले बन्दीगृहमा खाना र औषधी अभाव लगायत त्यहाँको कमजोर एवम् भद्रगोलको अवस्थाबारे बोलेका थिए । न्यायाधीशहरूले कानुन व्यवसायीहरूलाई अनुगमनको पहुँच दिएपछि बालबालिकाहरूलाई निकै कम ध्यान दिइएको उजागर भएको हो ।

त्यस्तो नाजुक अवस्थामा बालबालिकाहरूलाई त्यहाँ थुप्रै साता राखिएको स्थानीय सञ्चार माध्यमहरुले खबर लेखेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage