scheduleबुधवार मंसिर ४ गते, २०७६

माओवादीबारे ओलीको गणित सुनेपछि नेपालको यस्तो प्रतिक्रिया

काठमाडौं, ११ असार । गत साता प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग हिसाब हेर्दै कुराकानी राफसाफको प्रयत्न गरे ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रले देशभरबाट पाएको कुल मत १३ लाख ३ हजार ७ सय २१ अर्थात् १३.६५ प्रतिशत थियो ।

निर्वाचनमा ६०/४० को अनुपातमा उम्मेदवारी बाँडफाँड भयो । पार्टी एकतामा पनि त्यही हिसाब तय गरियो । तर, जनादेश फरक किसिमको आयो । र, अहिले बालुवाटारमा बसेर प्रधानमन्त्री त्यही चुनावको हिसाब गर्दै छन् । जुन कुरा केही दिनअघि माधव नेपाललाई बोलाएरै सुनाए ।

चुनाव चिन्हबारे कन्फ्युजन हुँदा ८–१० प्रतिशत मत बदर भएको छाडेर पनि तत्कालीन एमालले पाएको मत हो ३१ लाख ७३ हजार अर्थात् ३३.२४ प्रतिशत । यदि, एउटै चिन्हबाट लडेको भए परिणाम दुवैको ५५ देखि ६० प्रतिशत आउने रहेछ ।

यति हिसाब सुनाएपछि केपीले भने, ‘अनि, तपाई प्रचण्डसँग मिल्ने किन सहमतिको कुरा उठाउनु हुन्छ ? आधा आधा कसरी दिने ल भन्नुस्। उपराष्ट्रपति, सभामुख, प्रमुख सचेतक, राष्ट्रिय सभामा उपाध्यक्ष दिएकै छ त ?’

केपीको हिसाब निकाल्ने चातुर्यताबाट प्रभावित भएर होला, माधव नेपालले संक्षिप्त प्रतिक्रिया दिए, ‘कुरा त्यस्तो पो हो ?’ जनआस्था साप्ताहिकमा खबर छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage