scheduleशुक्रवार श्रावण ३ गते, २०७६

सुरक्षाको लागि बसेको प्रहरी बस्ने भवन नै असुरक्षित


डोटी, ११ असार । अरुलाई सुरक्षा दिन बसेका डोटीका प्रहरीको आफू बस्ने भवन नै असुरक्षित बनेको छ । सानो टहरामा बस्नुपर्दा असजिलो भएको प्रहरीले गूनासो गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीमा महिला पुरुष गरी करिब एक सय सुरक्षाकर्मीहरु कार्यरत छन् । तर उनीहरुलाइ बस्नको लागि आवश्यक भवनको भने अभाव भएको छ ।

ब्यारेक निर्माणको लागि पटक, पटक माथिल्लो निकायमा ताकेता गरिएको भएपनि सुनुवाइ नहुँदा जस्ताको टहरोमानै बस्नु परेको प्रहरी नायब उपरिक्षक लाल वहादुर धामीको भनाई छ । टहरा असुरक्षित रहेकै कारण महिला प्रहरीहरु भाडाको कोठा लिएर कार्यालय भन्दा बाहिर बस्नु पर्ने बाध्यता रहेको छ ।

कार्यालय भित्र रहेका ब्यारेकमा बस्ने प्रहरीहरु हावाहुरी आएको समयमा मात्र होईन अन्य समयमा पनि ज्यान सुरक्षित नरहेको गुनासो गर्छन् । जनजनको धनजनको सुरक्षा गर्ने प्रहरीको सुरक्षाका लागि स्थानीय र प्रदेश सरकारले चासो नदेखाएको प्रहरीको गुनासो छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob