scheduleबुधवार मंसिर ४ गते, २०७६

एसईईको नतिजा बिहीबार


काठमाडौं, ११ असार । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा विहीबार सार्वजनिक गर्ने भएको छ । सबै तयारी पूरा भैसकेकाले नतिजा विहीबारसम्म प्रकाशन हुनसक्ने बोर्डले जानकारी दिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले बुधबार नै नतिजा आउने कुरा हल्ला मात्र भएको जनाएको छ । बोर्ड अध्यक्ष चन्द्रमणि पौडेले आज (बुधबार) नतिजा सार्वजनिक नहुने पुष्टि गरेका छन् । उनले नतिजा प्रकाशनको तयारी चलिरहेकोले अन्तिम रुजु र क्रस चेकिङको काम सकिनासाथ नतिजा सार्वजनिक हुने स्पष्ट पारे ।

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बस्नुपर्नेमा बुधबार मध्यान्हसम्म बोर्ड बैठक डाकिएको छैन । उनका अनुसार कुनै वाधा अवरोध नआए ४८ घण्टाभित्र नतिजा प्रकाशन हुन्छ ।

बोर्डका अनुसार यो वर्षदेखि पहिलोपटक प्रदेश अन्तरगत परीक्षाफल प्रकाशित गर्ने लागेको छ । बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलले यो गत वर्ष प्रदेश अन्तरगत परीक्षाफल प्रकाशन गर्न नसकिएकाले यस वर्षदेखि प्रदेश अन्तरगतको परीक्षा फल प्रकाशन गर्न लागिएको जानकारी दिए । गत वर्ष चैत्र १० गते सञचालन भएको परीक्षमा नियमिततर्फ ४ लाख ५९ हजार सहभागि थिए भने एक्जाम्टेडमा करिब १५ हजार विद्यार्थीको सहभागिता रहेको थियो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage