scheduleबुधवार मंसिर ४ गते, २०७६

कांग्रेस निकट वडाध्यक्षले रेडबुक च्याते, महानगरपालिकामा तालाबन्दी गर्ने चेतावनी

पोखरा, ११ असार । कांग्रेस निकट वडाध्यक्षले पोखरा महानगरपालिकाको वार्षिक बजेट विवरण (रेडबुक)  च्यातेका छन् ।

बुधबार नगरसभाको चौथो दिन प्रस्तुत भएको वार्षिक विवरणप्रति असहमति जनाउँदै ११ जना वडाध्यक्षसहित ४८ जनाले मेयरसामु रेडबुक च्यातेका हुन् ।

रेडबुक आइसकेपछि छलफलको समय र बजेटबारे बोल्ने मौका नदिइएको वडाध्यक्षहरुको आरोप लगाएका छन् । अध्ययनका लागि रेडबुक माग्दा महानगरपालिकाका मेयर मान बहादुर जिसीले समयमा रेडबुक उपलब्ध नगराएको र जबर्जस्ती पारित गरेको उनीहरुको भनाइ छ ।

कांग्रेस निकट वडाध्यक्षहरुले  कुनै वडामा अत्याधिक  र कुनै वडामा अत्यन्तै न्यून बजेट छुट्ट्याएको समेत बताएका छन् । मेयर जिसीले अभिव्यक्ति र रेडबुक नसच्याउँदासम्म विरोध गर्ने र बिहीबार महानगरमा तालाबन्दी गर्ने धम्की समेत उनीहरुले दिएका छन् ।

पोखरा महानगरपालिकाले मंगलबार ७ अर्ब ५४ करोडको बजेट सार्वजनिक गरेको हो । बजेटको ३६ प्रतिशत भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको छ । उक्त बजेटमाथि बुधबार छलफलपछि विनियोजन विधेयक पारित भएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage