scheduleसोमवार मंसिर २ गते, २०७६

संसारका सबैभन्दा महंगा ह्विस्की जसको मूल्य सुन्दै तपाईं तर्सिनुहुन्छ

काठमाडौं । सबैभन्दा महंगा रक्सीको मूल्य कति पर्छ होला, अनुमान गर्न सक्नुहुन्छ ? यहाँ त्यस्ता केही ह्विस्कीको बारेमा जानकारी दिइएको छ जसको मूल्य सुनेर तपाई तीनछक्क पर्नुहुनेछ ।  पुराना ब्राण्डका यी रक्सी निकै महंगा छन् ।

ग्लेनफिडिच


ग्लेनफिडिचको बजार मूल्य झण्डै नेरु १६ लाख २७ हजार  रहेको छ । यो ह्विस्की पनि एकै प्रकारको जौबाट बनाइएको हो । बोतलमा राखिएको ५० वर्षपछि निकालिने यो रक्सीका ५० वटा बोतलमात्रै हरेक वर्ष बजारमा आउँछन् ।

हाइल्याण्ड पार्क

५० वर्ष पुरानो यसको बजार मूल्य नेरु १७ लाख ८० हजार रहेको छ । यो उखुको रससँग खाँदा निकै स्वादिलो हुन्छ । तर रस तथा टानिन
(रक्सीमा मिसाइने पदार्थ)लाई कम गर्ने हो भने सुन्तला, कपुर तथा ल्वाङको स्वाद आउँछ । यसलाई पनि ५० बोतलमा राखेको ५० वर्षपछि बाहिर निकालिन्छ ।

म्याकालान


६० वर्ष पुरानो यो सबैभन्दा राम्रो ह्विस्की मानिन्छ । यसलाई निकै आकर्षक बोतलमा राखिएको हुन्छ जसलाई बोतलमा राखिएको ६० वर्षपछि बाहिर निकालिन्छ । यसको मूल्य अन्दाजी २० लाख ३४ हजार पर्दछ । निकै आकर्षक बोतलमा पाइने यो ह्विस्की पनि एकै प्रकारको जौबाट बनाइन्छ ।

म्याकालान १९२६


सन् १९२६मा बनाइएको यो ह्विस्की निकै दुर्लभ मानिन्छ । अहिले यसको बजार मूल्य नेरु ७६ हजार २९ हजार रहेको छ । यसलाई १९४२, १९५४ र १९४६ मा बनाइएका फरक फरक स्पिरिटको संयोजनबाट बनाइएको हो ।

डालमोर ट्रिनिटास


उत्कृष्ट पदार्थ मिसाएर बनाइएको यो ह्विस्कीको मूल्य अहिले नेरु १ करोड ६२ लाख ७५ हजार छ । ३ वटा बोतलमात्रै रहेको यो ह्विस्की पनि एउटै जौबाट बनाइएको हो । यो ६४ वर्ष पुरानो रक्सी हो ।

डालमोर १२


६२ वर्ष पुरानो यो ह्विस्कीको बजार मूल्य नेरु २ करोड ३ लाख ४४ हजार रहेको । १८६८ मा बनाइएको स्पिरिट मिसाइएको यो ह्विस्कीलाई पनि निकै महंगो रक्सी मानिन्छ ।

मास्टर अफ माल्ट


१०५ वर्ष पुरानो यो रक्सीको बजार मूल्य नेरु १४ करोड २४ लाख ४२ हजार  रहेको छ ।

टेकुइला लि

निकै कलात्मक बोतलमा पाइने यो रक्सीको बजार मूल्य अहिले नेरु १५ करोड २६ लाख १७ हजार रहेको छ । बोतलको एकतिरको भागमा प्लाटिनम प्रयोग गरिएको छ भने अर्कोतिरको भागमा ह्वाइट गोल्ड प्रयोग गरिएको छ ।

हेनरी ४ कोगनाक


यो संसारकै सबैभन्दा महंगो रक्सी हो जसको बजार मूल्य अहिले नेरु १९ करोड ३३ लाख ७५ हजार रहेको छ । पहिलो पटक यसलाई सन १७७६ मा बनाइएको थियो । १०० वर्षसम्म भाँडोमा राखेर निकालिएको यो रक्सीको बोतललाई सुन, हिरा तथा प्लाटिनमले सजाइएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage