scheduleसोमवार आश्विन ६ गते, २०७६

कुखुरामा बर्डफ्लू कारण पीडित किसानलाई सरकारी क्षतिपूर्ति


हेटौँडा, १२ असार । बर्डफ्लू कारण कुखुरा नष्ट भएको ६५ किसानलाई क्षतिपूर्ति वितरण गरिएको छ । पशु सेवा विभाग प्राकृति जलाशय, मत्स्य प्रवर्द्धन एवम् संरक्षण केन्द्र हेटौँडामार्फत् पठाएको रकम बुधबार एक कार्यक्रमका बीच किसानहरुलाई वितरण गरिएको हो ।

बर्डफ्लुका कारण सरकारी टोलीले यसअघि नष्ट गरेको कुखुराको क्षतिपूर्ति वितरण गरिएको पशुसेवा विभागले जनाएको छ । चितवनमा बर्डफ्लू संक्रमण देखिएपछि गत फागुन देखि चैतसम्ममा ६४ हजार कुखुरासहित दाना, अण्डा समेत नष्ट गरिएको थियो ।

बर्डफ्लू रोग नियन्त्रण प्राविधिक समितिले पठाएको विवरणको आधारमा किसानको लागतको ७५ प्रतिशत रकम राज्यले उपलब्ध गराएको हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage