scheduleआइतवार भाद्र १ गते, २०७६

हथौडा प्रहार गरी महिलाको हत्या

काठमाडौं, १२ असार । सर्लाहीको मलंगवामा एक महिलाको हतौडा प्रहार गरी हत्या भएको छ ।

रौतहटको यमुनामाइ गाउँपालिका–३ स्थायी घर भइ मलंगवा–९ की सुप्रिया भारतीको बिहीबार हत्या भएको हो । मृतक भारती मलंगवा–९ मा रहेको सर्लाही आँखा केन्द्रका डा. दिपेन्द्र रजककी श्रीमती हुन् ।

डा. रजक उपचारमा व्यस्त रहेको बेला मध्यान्ह १२ बजे अप्टिकल असिस्टेन्टको रुपमा कार्यरत ३० वर्षीय अमित बैठाले हत्या गरेको प्रहरीले जनाएकाे छ । अस्पतालको दोस्रो तल्लामा रहेको निवासमा बस्दै आएकी सुप्रियाको हत्या गरी बैठा भारततर्फ भागेको प्रहरी अनुसन्धानले देखाएको छ ।

३० वर्षीय  बैठाले हथौडा प्रहार गरी उनको हत्या गरेको बताइएको छ । बैठाले भारतीसँगै रहेको ४ वर्षीय छोरा दिवस कुमार रजकको टाउकोमा समेत प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हत्या गर्ने बैठा डा. रजकको भिनाजुको भाइ समेत हुन् । रौतहटका बौधिमाइ नगरपालिका सरमुजबा निवासी उनी हत्या गरी भारत पसेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए । बैठाले भारतीको हत्या किन गरेको भन्ने बारे अहिलेसम्म खुल्न सकेको छैन ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage