scheduleशनिवार जेष्ठ २४ गते, २०७७

अख्तियारको पञ्जामा कार्यालय प्रमुख र इञ्जिनियर


भीमदत्तनगर, १२ असार । कञ्चनपुरको भीमदत्तनगरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख आजीत श्रीवास्तव र इञ्जिनियर ग्रिष्मा ठगुन्ना दुई लाख घुससहित पक्राउ परेका छन् ।

बिहिबार कार्यालयमै भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित चौधर नदी नियन्त्रणका लागि गठित उपभोक्ता समितिका पदाधिकारीबाट घुस लिइरहेको अवस्थामा यहाँस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले पक्राउ गरेको हो ।

अख्तियार कार्यालयको भीमदत्तनगरका सूचना अधिकृत टोपबहादुर विष्टले कार्यालय प्रमुख श्रीवास्तव र इञ्जिनीयर ठगुन्नाले कार्यालयमै उपभोक्ता समितिसँग काम सम्पन्न भएको रकम भुक्तानी दिनुपर्ने बेला घुस लिएको बताए ।
‘तटबन्धको काम सकिएपछि उपभोक्ता समितिलाई कार्यालयबाट दिनुपर्ने भुक्तानीका क्रममा रु दुई लाख लिएको देखियो ।’ विष्टले भने, ‘पूर्व सूचनाका आधारमा अख्तियारको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।’

Dish_Home

अख्तियारका अनुसार घुस लिएको रकम कार्यालय प्रमुख श्रीवास्तवले भान्सा कोठाको चामलको बोराभित्र लुकाएर राखेका थिए । सूचना अधिकृत विष्टले घटनाबारे अनुसन्धान भइरहेको बताउँदै थप कारवाही प्रक्रिया अघि बढाइने जानकारी दिए । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय