scheduleआइतवार जेष्ठ १८ गते, २०७७

सरकारलाई सञ्चो छैन

कविता
समीकरण

के के बोल्छ के के !
के के गर्छ के के !
नबोल्नुपर्ने बोल्छ, बोल्नुपर्ने बोल्दैन
नगर्नुपर्ने गर्छ, गर्नुपर्ने गर्दैन
कराईरहन्छ, चिच्याईरहन्छ
जङ्गीरहन्छ, चर्किरहन्छ
कहिले चिथोर्छ अरुलाई
कहिले कोपर्छ आफैँलाई
कहिले टोलाईरहन्छ
कहिले लोलाईरहन्छ
बेसरम मनलाग्दी बर्बराईरहन्छ
कहिले ग्वाँ..ग्वाँ..रुन्छ
कहिले हाँस्छ आकाशै थर्कनेगरी
हिजोआज,
नाङ्गै हिडिरहेछ सहरभरी
महामहिम, सरकारलाई सञ्चो छैन
तुरुन्त, उपचार गरियोस् !

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय