scheduleबुधवार मंसिर ४ गते, २०७६

गाउँ-गाउँमा ‘सिंहदरबार’ पुगे पनि रित्तिँदै गाउँ


पर्वत, १३ असार । संघीयतापछि गाउँ-गाउँमा सिँहदरबार पुगेको कुरा गरिन्छ । स्थानीय तहमार्फत् गाउँगाउँमा सेवासुविधा पनि पुगिरहेका छन् । तर, जति सुविधा र सेवा पुगेपनि गाउँबाट हुने बसाईसराई रोकिएको छैन ।

पर्वतमा बसाईसराईले कतिपय गाउँ रित्तिदैँ गएका छन् । पर्वत सदरमुकाम कुश्मा नजिकैको दुर्लुङ गाउँमा २०६० सालसम्म करिव ९ सय घर थिए ।

पछिल्लो समय सेवा सुविधा खोज्दै मानिसहरु शहर तिर लागेका छन् । अधिकांश घरमा ताल्चा झुण्डिएको छ । अहिले यो गाउँमा चानचुन ३ सय घर रहेको बताउनुहुन्छ, स्थानीय खडानन्द शर्मा । पर्वतका साविक ६१ वटै वडामा बसाईसराईको दर बढेको छ ।

दुर्लुङ, चित्रे, क्याङ, भूकदेउराली, लेकफाँट, भोक्सीङ, पाखापानी, फलामखानी लगायतका गाउँमा बसाई सराई उच्च छ । बसाईसराईका कारण गाउँमा मलामी जाने, जन्ती जाने र मेलापात गर्न खेताला पाउन पनि मुस्किल देखिएको तारादेबी सार्कीले बताउँछिन् ।

गाउँमा सडक पुगेको छ, उच्च माविसम्म पढाउने विद्यालय पनि छन् । सबै गाउँमा स्वास्थ्यचौकी पनि छ । तर गाउँमा पूर्वाधार विकासभन्दा पनि युवाले प्रशस्त रोजगारीको अवसर खोजिरहेका छन् । शिक्षाविद् पृथ्वीनारायण शर्मा यही कारणले बसाईसराई बढेको बताउँछन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्थानीय सरकारहरुले बसाईसराई रोक्ने गरि नीति तथा कार्यक्रम समावेश गरेको दाबी गरेका छन् । तर, मानिसहरु शहर सुखभोगी भएका छन् र शहर केन्द्रीत भएका छन् । नागरिकको चाहना अनुसारको विकास र व्यवस्था गर्न नसके बसाई सराईको दर अझै बढ्न सक्ने समाजशास्त्रीहरुको चिन्ता छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage