scheduleसोमवार आश्विन ६ गते, २०७६

जग्गा बाँझो नराखे पुरस्कार, राखे कारबाही


दाङ, १३ असार । दाङको तुलसीपुर उपमहानगरपालिकाले जग्गा बाँझो नराख्ने किसानलाई पुरस्कार दिने भएको छ । उपमहानगरपालिकाले किसानलाई आगामी आर्थिक वर्षदेखि जग्गा बाँझो नराख्ने किसानलाई पुरस्कार दिने भएको हो ।

कृषि क्षेत्रमा आकर्षण बढाउन वर्षैभरी जग्गा बाँझो नराख्ने किसानलाई पुरस्कार प्रदान गर्नका लागि उपमहानगरले ३ लाख बजेट बिनियोजन गरेको छ । उपमहानगरले जग्गा बाँझो राख्ने किसानलाई दण्ड जरिवाना समेत गर्ने भएको छ । उपमहानगरले कृषि समुह र सहकारीमार्फत् बगर खेती गर्नका लागि ३ लाख, कृषि समस्या पहिचान र समाधानका लागि पशु वैज्ञानिक भेट गर्नका लागि ३ लाख बजेट बिनियोजन गरेको छ ।

यसैगरी उपमहानगरले फागुन, चैत, बैशाख र जेठमा गरिने बेमौसमी खेती प्रवर्द्धनका लागि सिँचाई गर्नका लागि लाग्ने विद्युत महसुलमा अनुदान दिने भएको छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सिँचाई प्रणाली सञ्चालन गर्ने कृषक तथा कृषक समुहलाई विद्युत महसुलमा अनुदान दिनका लागि ५ लाख विनियोजन गरेको छ ।

त्यस्तै, अदुवा, प्याज, लसुन, बेसार र फलफूलमा आत्मनिर्भर बनाउन बेर्ना उत्पादन र वितरणका लागि उपमहानगरपालिकाले ५ लाख बजेट बिनियोजन गरेको छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सुकुम्बासी तथा विपन्नले जग्गा भाडामा लिएर व्यवसायीक खेती गर्नका लागि जग्गा भाडामा ५० प्रतिशत अनुदान दिने भएको छ । यसका लागि उपमहानगरपालिकाले ५ लाख बजेट बिनियोजन गरेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage