scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

ट्विटरको घोषणाः नियम उल्लंघन गर्ने नेताको ट्वीटको पहुँच न्यूनीकरण


वासिङ्गटन, १३ असार । सामाजिक सञ्जाल कम्पनी ट्विटरले आफ्नो नियम तोड्ने नेतामाथि सजायँको तयारी गरेको छ । वासिङ्टन पोस्टमा बुधबार प्रकाशित समाचारका अनुसार ट्विटरलाई हवाला दिँदै लेखेको छ, ‘ट्विटर ती नेता र सरकारी अधिकारीको ट्वीट डाउन गर्नेछ, जसको पोस्ट नियमको विरुद्ध हुनेछ र त्यसमा जनहितसम्बन्धी कुनै कुरा रहँदैन ।

पछिल्ला दिनहरुमा अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटरले आफ्नो ट्वीटको पहुँच घटाएको आरोप लगाएका छन् ।

ट्विटरको यो नीति चुनावी उम्मेदवार र सरकारी अधिकारीमाथि लागू हुनेछ जसको १ लाखभन्दा बढी फलोअर्स छन् । पछिल्ला दिनहरुमा ट्विटरले आफ्नो ब्लगमा भनेको छ,’हाम्रो पहिलो नियम पालना नगर्ने ट्वीटलाई पनि हरियो झण्डा देखाइरहेका थियौं, किनकी त्यो जनहितसँग जोडिएको थियो । यस्तो अवस्थासँग जुध्नका लागि अब नयाँ नीति ल्याइएको छ ।’

यसलाई लागू गर्न ट्विटरले एक नयाँ विशेष टिम पनि बनाएको छ । जसले भद्दा र हिंस्रक सामग्री भएको ट्वीटलाई न्यूनीकरण गर्नेछ । ट्विटरको यो नीति यस्तोबेला आयो जतिबेला कम्पनी हेट स्पिच, अपशब्दको प्रयोग र हिंस्रक कन्टेन्टवाला पोस्टमाथि लगाम लगाइरहेको छ ।’

यद्यपि, राष्ट्रपति चुनावप्रति लक्षित गर्दै गत हप्ता ट्विटरले भनेको थियो, ‘हामी राष्ट्रपति डोनाल्ड ट्रम्प लगायत अन्य प्रभावशाली नेताहरुको यस्ता ट्वीट सर्वसाधारणसम्म पुर्‍याइरहेका छौं, जुन मतदाताहरुको हितसँग जोडिएको छ ।’

ट्रम्पले केही दिन पहिला ट्विटरले गलत मनशायसहित आफ्नो ट्वीटको रिच अर्थात् पहुँच घटाएको आरोप लगाएका थिए । यद्यपि, ट्रम्प वा ह्वाइट हाउसले यसबारे कुनै प्रमाण दिएको छैन ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage