scheduleबिहिवार श्रावण २ गते, २०७६

प्रदेशलाई ‘सेरेमोनियल’ बनाउन खोजियोः मुख्यमन्त्री राउत


वीरगञ्ज, १३ असार । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघ सरकारले प्रदेश सरकारालई ‘सेरेमोनियल’ बनाएर राखेको आरोप लगाएका छन् ।

मुख्यमन्त्री राउतले वीरगञ्जमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् । उनले सुरक्षा निकाय प्रदेश सरकारको मातहतमा नआएको भन्दै असन्तुष्टि समेत जनाए ।

उनले भने, ‘केन्द्र सरकारले क्लियर भ्यू दिन सकेको छैन, हामीलाई सेरेमोनियल बनाएर राखेको छ ।’ उनले सरुवा, बढुवा र कारबाहीको अधिकार प्रदेशमा हुनुपर्नेमा जोड दिए । उनले भने, ‘संविधानमा स्पष्ट व्यवस्था छ, प्रदेश प्रहरी लगायत सबै सुरक्षा निकाय प्रदेश सरकारको मातहतमा आउनुपर्छ । उनीहरुको सरुवा, बढुवा र कारबाहीको अधिकार हुनुपर्छ ।’

केन्द्र सरकारले निरन्तर बदमासी गर्दै आएपनि मौन बस्नुपर्ने प्रदेशलाई बाध्यता रहेको उनले गुनासो गरे । प्रदेश सरकारले ‘प्रदेश प्रहरी ऐन’ ल्याइसकेको र एक हजार प्रहरी भर्ना गर्ने तयारी रहेको उनले जानकारी दिए ।

मुख्यमन्त्री राउतले संघीय प्रहरी ऐन छिटो आउनुपर्ने बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob