scheduleबुधवार श्रावण १ गते, २०७६

लगातार खडेरीको चपेटामा तुम्बेवाबासी

फाइल फोटो

पाँचथर, १३ असार । पाँचथरको तुम्बेवा गाउँपालिकाबासी खडेरीको चपेटामा परेका छन् । पाँचवटा वडा रहेको उक्त गाउँपालिकाको सबै वडाका बेसी क्षेत्रका दर्जन बढी गाउँ खडेरीको चपेटामा परेका हुन् । असार आधा बित्न लाग्दा पनि बर्षा नहुँदा लगाएका बाली मरेका छन् ।

पानीका मुलहरु सुक्दा खानेपानीको समस्या विकराल बन्दै गएको छ । पशुचौपायालाई पेटभरी पानी खुवाउन स्थानीयले सकेका छैनन् । सो गाउँका बासिन्दाले तीन वर्षदेखि यस्तै खडेरीको सामना गर्नुपरेको छ ।

गत वर्ष लगाएको बाली खडेरीले मरेपछि प्रदेश सरकार र गाउँपालिकाले दिएको राहतले वर्ष काट्नु परेको थियो । यो वर्ष उनि उस्तै संकट निम्तिएको वडा नं.१ का वडा सदस्य डेकेन्द्रकुमार तामाङले बताए ।

खडेरीको समस्याबारे संघीय र प्रदेश सरकार समक्ष कुरा राखेको गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob