scheduleबुधवार आश्विन २९ गते, २०७६

गोली लागेर सर्लाहीमा एकजना घाइते

काठमाडौं, १४ असार । सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा अज्ञात समूहको गोली प्रहारबाट एकजना घाइते भएका छन्।

गोली लागि घाइते हुनेमा लालबन्दी नगरपालिका १ नवलपुरका ३० वर्षीय जयनाथ महतो रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

ब्रह्मस्थानको मन्दिर निर्माणमा मजदुरीको काम गर्दै गरेको अवस्थामा मोटरसाइकलमा आएका दुई जनाको समूहले महतोमाथि गोली प्रहार गरेको थियो। महतोको दाहिने हातमा गोली लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए।

गोली कसले र किन प्रहार गरेको हो भनेर अहिलेसम्म खुल्न सकेको छैन। हतियारधारी समूह गोली प्रहार गरी जंगलको बाटो हुदैं पूर्वतर्फ भागेको स्थानीयले बताएका छन्। घाइते महतोको नवलपुरमा समान्य उपचार पश्चात थप उपचारको लगि वीरगन्ज पठाइएको राठौरले बताए।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage