scheduleशुक्रवार श्रावण ३ गते, २०७६

भारतको पुणेमा पर्खाल भत्किंदा १७ जनाको मृत्यु


एजेन्सी, १४ असार । भारतको महाराष्ट्र राज्यस्थित पुणेको कोढवा इलाकामा पर्खाल भत्कँदा १७ जनाको मृत्यु भएको छ । घटनामा ११ पुरुष, दुई महिला र चार बालबालिकाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनामा घाइते भएका तीन जनाको उद्दार गरिएको छ । केही व्यक्ति अझै भग्नावशेषमा पुरिएको आशंकामा खोजी जारी रहेको छ ।

एउटा भवनको ५० फिट लामो पर्खाल झुपडी बस्तीमाथि खसेको हो । ठेकेदारको लापरबाहीले पर्खाल भत्किएको हुनसक्ने भन्दै छानबिन सुरु भएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob