scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

ट्रम्पले किमलाई भेट्दै

एजेन्सी, १५ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी कोरियाली नेता किम जोङ उनलाई भेट्दैछन् ।

ट्रम्प र उनबीच उत्तर कोरिया र दक्षिण कोरियाको सीमा क्षेत्रमा आइतबार भेट हुने भएको हो । दुबै नेताको भेट तय भएको दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले सिओलमा आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार नै किम जोङ उनलाई भेट्न चाहेको बताएका थिए । ट्रम्पले दुबै कोरियालाई विभाजन गर्ने गैर-सैनिक क्षेत्र (Demilitarized Zone)मा किमलाई भेटेर ‘हेल्लो’ भन्न चाहेको बताएक थिए ।

आइतबार हुने भेटवार्ताले कोरियाली प्रायद्धीपको आणविक समस्याबारे पुन : वार्ताको ढोका खोल्ने आशा गरिएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage