scheduleशुक्रवार श्रावण ३ गते, २०७६

हट्यो हुवावेमाथिको प्रतिबन्ध, अमेरिका-चीन व्यापार युद्धमा नयाँ ट्विस्ट


काठमाडौं, १५ असार । अमेरिका र चीनबीचको व्यापार युद्धले नयाँ मोड आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच ब्यापारिक मुद्दामा नयाँ शिराबाट वार्ता गर्ने सहमत भएपछि लामो समयदेखि जारी व्यापार युद्धमा नयाँ मोड आएको हो ।

राष्ट्रपतिद्वयको यो सहमतिले दुई शक्तिशाली देशबीचको द्वन्द्वको मात्रामा न्यूनिकरण भएको छ । शनिबार जी-२० शिखर सम्मेलनमा भाग लिन जापानको ओसाका पुगेका ट्रम्प र शी जिनपिङबीच भेटवार्तामा दुई नेताबीच यस्तो सहमति भएसँगै दुई राष्ट्रबीच नयाँ शिराबाट वार्ता अगाडि बढ्ने विश्वास लिइएको छ ।

वार्तालगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले चीनको सबैभन्दा ठूलो सूचना प्रविधि कम्पनीमध्ये एक हुवावेलाई बिक्री जारी राख्न अनुमति दिएका छन् । यसअघि ट्रम्पले घोषणा गरेको चीनमाथिको अतिरिक्त व्यापारिक प्रतिबन्ध नयाँ अवस्थामा पुगेको छ ।

बीबीसीका अनुसार ट्रम्पले आगामी दिनमा बेइजिङसँग वार्ता जारी राख्ने प्रतिक्रिया दिएका छन् । यसअघि हुवावेमार्फत् चीनले जासुसी गरिरहेको आरोप लगाउँदै आएको थियो भने चीनले उक्त आरोपको खण्डन गर्दै आएको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob