scheduleबुधवार श्रावण ८ गते, २०७६

लक्ष्यभन्दा बढी राजस्व असुली

नेपालगन्ज, १५ असार ।  नेपालगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको जेठसम्ममा लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ ।

नेपालगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको जेठसम्ममा सवा ११ अर्ब रुपैयाँ राजस्व असुली गरेको हो । कार्यालयले सो अवधिमा ११ अर्ब ९ करोड ७१ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

तर भन्सार कार्यालयले ११ अर्ब २७ करोड २४ लाख ९८ हजार राजस्व असुली गरेको छ ।

चालू आर्थिक वर्षको ११ महिनामा कार्यालयले भन्सार महशुल ५ अर्ब ४१ करोड ६१ लाख २२ हजार, मूल्य अभिवृद्धि कर ५ अर्ब १५ करोड ६० लाख ८६ हजार, अन्तशुल्क २५ करोड ७४ लाख ९४ हजार र अन्य ४४ करोड २७ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन गरेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए ।

‘कार्यालयले संकलन गरेको यो राजस्व गतवर्षको सोही अवधिको तुलनामा २ अर्ब १२ करोड ७३ लाख ५० हजारले बढी हो’, निरौलाले भने,  ‘गत वर्षको जेठसम्म ९ अर्ब १४ करोड ५१ लाख ५८ हजार असुली भएको थियो ।’

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob