scheduleमगलवार आश्विन २८ गते, २०७६

डेँगुले १४ वर्षीय बालकको ज्यान लियो

झापा, १५ असार ।  डेँगुका कारण झापाको कमल गाउँपालिका–४ मा एक बालकको मृत्यु भएको छ।

डेँगुबाट स्थानीय फोनिक्स अंग्रेजी विद्यालयमा अध्ययनरत १४ वर्षीया रिजेन राईको मृत्यु भएको हो। बुधबारदेखि उनलाई संक्रमणले बढी च्यापेको थियो। शुक्रबार दमकको अस्पतालमा उपचार सम्भव नभएपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उनलाई घर लगिएको थियो।

तर अस्पतालमा आइसियू नभएपछि राईलाई घरमै ल्याइएको थियो । घरमा ल्याएपछि समेत असाध्यै च्यापेपछि धरानबाट विराटनगरतर्फ आइसियू भएको अस्पतालमा लैजाँदै गर्दा  उनको बाटैमा निधन भएको  हो ।

समयमा सल्लाह दिने मान्छे र पर्याप्त जानकारीसमेत नभएका कारण राईको अल्पायुमै निधन भएको हो । मृतक राई आमासँग मावलीमा बस्दै आएका थिए। उनका बुबा वैदेशिक रोजगारीमा छन्।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage