scheduleबिहिवार श्रावण २ गते, २०७६

सर्लाहीमा गोली चल्यो, एकको मृत्यु, वडाअध्यक्ष र प्रहरीसहित दर्जनौं घाइते


मलंगवा, १५ असार । सर्लाहीको ईश्वरपुरस्थित बाँके जंगलमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा परी एक जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

झडपमा परी २५ जना भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । शनिवार ईश्वरपुर नगरपालिकामा अवैध ढुङ्गा गिट्टी उत्खन्न गरेपछि बाँके नदीमा बनेको गहिरो खाल्टोमा डुबी एक बालकको मृत्यू भएको थियो । खाल्डोमा डुबी लाले रायको अन्दाजी १२ वर्षीय छोरा अमितकुमार यादवको मृत्यु भएपछि
आक्रोशित स्थानीयहरु प्रदर्शनमा उत्रिएका थिए ।

स्थानीइहरु बालकको मृत्युको विरोधमा आईतबार चक्का जाम गर्न पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँके पुगेका थिए । प्रदर्शनकारीविरुद्ध प्रहरीले गोली चलाउँदा ईश्वरपुर नगरपालिका वडा नं १३ का अन्दाजी २५ वर्षीय सरोज महतो (देवन) को टाउकोमा गोली लागि मृत्यु भएको छ ।

गोली लागि अर्का प्रदर्शनकारी सोही स्थान बस्ने २८ वर्षीय राजकुमार महराको पिठयुमा गोली लागि गम्भीर घाईते भएका छन् । महरालाई थप उपचारको लागि जनकपुर लगिएको छ । उनको अवस्था चिन्ताजनक रहेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

त्यस्तै वडा नं. १३ का वडा अध्यक्ष रामकरण महतो र मोहतरीका गौशाला नगरपालिकाका एकजना स्थानीय प्रहरीको लाठी चार्ज र आँसु ग्यासबाट गम्भीर घाइते भएका हुन ।

सामान्य विरोध गरिरहेका स्थानीयमाथि जनपथ र सशस्त्र प्रहरीले अचानक दमन गरेको भन्दै स्थानीय थप आक्रोशित भएका छन् । आक्रोशित प्रदर्शनकारीले ढुंगामुढा गर्दा नेपाल प्रहरीका ११ र सशस्त्र प्रहरीका ६ जना गरी १७ जना घाइते भएको प्रहरिले जनाएको छ ।

प्रदर्शनकारीले ढुङ्गा हान्न थालेपछि भिडलाई राजमार्गबाट हटाउनका लागि प्रहरीले अश्रुं ग्यास र लाट्ठी चार्ज गर्दा पनि प्रदर्शनकारी ढुङ्गा मुढा गर्न नरोकेपछि आत्मरक्षाको लागि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक गोपाल चन्द भट्टराईले जानकारी दिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob