scheduleआइतवार श्रावण ५ गते, २०७६

आइफामा सरकारले कुनै आर्थिक भार नव्यहोर्ने

काठमाडौँ, १६ असार । नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय भारतीय चलचित्र अवार्ड (आइफा) मा सरकारले कुनै आर्थिक भार व्यहोर्न नपर्ने स्पष्ट पारेको छ । नेपाल पर्यटन बोर्डले नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय भारतीय चलचित्र अवार्ड (आइफा) मा सरकारले कुनै आर्थिक भार व्यहोर्न नपर्ने स्पष्ट पारेको हो । आइबार पत्रकार सम्मेलन गरी आइफा अवार्डबारे आफ्नो धारणा सार्वजनिक गरेको हो ।
काठमाडौँमा आयोजना हुन लागेको आइफा अवार्डबारे सामाजिक सञ्जाललगायत विभिन्न क्षेत्रबाट टीकाटिप्पणी हुन थालेपछि बोर्डले यस्तो निर्णय लिएको हो ।
कार्यक्रममा लाग्ने नगद तथा अन्य सौजन्य लगायतका खर्चको विषयमा अझै टुङ्गो लगाउन बाँकी रहे पनि राष्ट्रिय ढुकुटीबाट सो खर्च नहुने बोर्डले जानकारी गराएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विज्ञप्ति जारी पर्यटन बोर्ड तथा अन्य व्यावसायिक संस्थाको संयुक्त पहल आयोजना आइफा अवार्ड हुन लागेको स्पष्ट पारेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob