scheduleबुधवार श्रावण ८ गते, २०७६

ताल नगरी पोखरामा चरा उत्सव आयोजना हुने

काठमाडौँ, १६ असार । चरा पर्यटनको विकास गर्न ताल नगरी पोखरामा चरा उत्सव आयोजना हुने भएको छ । पोखराको फेवाताल किनारमा असार १९ देखि २१ गते सम्म हुने चरा उत्सव हुन लागेको पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरे जानकारी दिए ।

नेपालमा आउने पर्यटक मध्ये ८ प्रतिशत पर्यटक चरा हेर्न आउने भएकोले यस्ता पर्यटकको आगमन बढाउन र चरा संरक्षणमा सरोकारवालालाई ध्यानाकर्षण गर्न पोखरामा चरा महोत्सवको आयोजना गरिएको हो ।

पोखराको फेवाताल किनारमा चरा उत्सव हुन लागेको हो । पोखरा पंछी समाजको आयोजनामा हुने दोस्रो चरा उत्सवमा नेपालका चरा विद्ध, चरा संरक्षणमा काम गर्ने संरक्षण कर्मी, पर्यटन व्यवसायी, नेपाल सरकारका प्रतिनिधिहरुले छलफलमा भाग लिने छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob