scheduleशनिवार मंसिर २८ गते, २०७६
Bajaj
Global IME

प्रेमीसँग मिलेर आमाको हत्या गर्न १२ लाखको सुपारी

काठमाडौै, १६ असार । भक्तपुरको चाँगुनारायणमा सावित्री भट्टराईको हत्या आफ्नै छोरीले गरेको प्रहरीले बताएको छ ।

छोरीले प्रेमीसँग मिलेर सावित्री भट्टराईको हत्या गरेको प्रहरीले बताएको हो । महानगरीय अपराध महाशाखाले हत्यामा संलग्न भएको आरोपमा सावित्रीकी छोरीसहित चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा विष्णुपुर घर भई हाल भक्तपुर पुरानो ठिमी बस्दै आएका २३ वर्षीय मोहम्मद नैसाद, भारत जनक भगत ईडीका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार, भारत मधुमनी रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिश र मृतककी कान्छी छोरी २७ वर्षीय ईश्वरी भट्टराई रहेका छन् ।

ईश्वरीले यसरी बनाएकी थिइन् आमालाई मार्ने योजना

ईश्वरी भट्टराई विवाहित युवती हुन् । उनका श्रीमान काठमाडौंको एउटा होटेलमा काम गर्छन् । तर श्रीमान हुँदाहुँदै पनि ईश्वरी र मोहम्मद नैसादबीच अनैतिक सम्बन्ध थियो । दुबै जनाबीच विगत ३ वर्षदेखि प्रेम सम्बन्ध चल्दै आएको थियो ।

ईश्वरीले आफ्ना प्रेमी नैसादलाई विदेश पठाउने भन्दै अघि १ लाख रुपैयाँ सहयोग गरेकी थिइन् । तर विदेशिएको १ महिनाभित्र नै नेपाल फर्किए । नेपाल फर्केपछि ईश्वरी र नैसाद केही समय सम्पर्कविहीन भए । तर ईश्वरीले एकदिन नैसादलाई भेटिन् र साबित्री (आमा)ले आफूहरुको प्रेम सम्बन्धबारे थाहा पाएको बताइन् ।

यसैबीच आमा आफूहरुको प्रेम सम्बन्धमा तगारो बनेको र उनलाई हटाउनुपर्ने भनिन् । मोहम्मदले आफू एक्लैले साबित्रीलाई मार्न नसक्ने बताए । उनले भारतबाट केही व्यक्तिलाई बोलाउनु पर्ने र त्यसका लागि पैसा लाग्ने बताए । त्यसपछि ईश्वरीले आमालाई मार्नका लागि १२ लाखको सुपारी दिइन्  । १२ लाखमा साबित्रीको हत्या गर्ने कुरा मिलेपछि मोहम्मदले भारतबाट दुईजनालाई नेपाल बोलाए ।

यसरी भएको थियो साबित्रीको हत्या

आइतबार सावित्री कान्छी छोरी ईश्वरीकै डेरामा थिइन् । ईश्वरी भने बाहिर गएकी थिइन् । यही मौकामा मोहम्मद र उनका मान्छे मोटरसाइकलमा आए र कोठाभित्र गए । कोठाभित्र उनीहरु र साबित्रीबीच भनाभन समेत भएको थियो । लगत्तै  उनीहरुले चक्कुले साबित्रीको घाँटी रेटेर हत्या गरे ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage