scheduleआइतवार श्रावण ५ गते, २०७६

प्रहरी र प्रतिबन्धित नेकपाका कार्यकर्ताबीच जम्काभेट, प्रहरीको फायरिङ


संखुवासभा, १६ असार । संखुवासभामा गस्तीका लागि गएको प्रहरी टोली र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहबीच जम्काभेट हुँदा फायरिङ भएको छ । फायरिङ भएपनि दुवैतर्फ कुनै क्षति नभएको बताइएको छ ।

जिल्लाको सलिचोङ गाउँपालिका–१ दुवै पक्षको जम्काभेट भएको हो । प्रहरीका अनुसार, जम्काभेट भएसँगै नेकपाका कार्यकर्ताहरु फायरिङ गर्दै जंगलतिर गएका छन् ।

लगत्तै प्रहरीले पनि जवाफी फायरिङ गरेको बताएको छ । घटनास्थल आसपास थप प्रहरी परिचालन भएको बताइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob