scheduleबुधवार श्रावण १ गते, २०७६

विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान

संखुवासभा, १६ असार । सिलिचोङ गाउँपालिका १ सिसुवाखोलाको हेयाङ्ला भन्ने स्थानमा  प्रहरी र नेत्रविक्रम चन्द समूहबीच गोली हानाहान भएको छ ।

प्रहरी र चन्द समूहका कार्यकर्ताबीच सोमबार बिहान गोली हानाहान भएको हो । गोली हानाहानबाट  कुनै क्षति भने नभएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट गएको नियमित गस्ती हेयाङ्ला पुगेपछि हतियारसहित रहेका विप्लव समूहका कार्यकर्ताले फायर खोलेका थिए । उनीहरु २५ जना भन्दा बढीको समूहमा रहेको स्थानीयले जनाएका छन् ।

प्रहरीले जवाफी फायरिङ गरेपछि चन्द समूहका कार्यकर्ता भागेका थिए ।

हातहतियारसहित चन्द समूहका कार्यकर्ताले गस्ती टोलीमाथि गोली चलाएका थिए । घटनास्थलतर्फ थप सुरक्षाकर्मी पठाउने तयारी भइरहेको छ ।
घटनास्थल पुग्न जिल्ला सदरमुकामबाट कम्तीमा १० घण्टा बढी पैदल हिड्नु पर्छ । सिलिचोङ गाउँपालिकाको केन्द्रबाटै ५ घण्टा बढी लाग्छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob