scheduleशुक्रवार श्रावण ३ गते, २०७६

अमेरिकामा विमान दुर्घटना, १० को मृत्यु


ह्युस्टन, १६ असार । अमेरिकाको टेक्सास राज्यको डल्लासनजिकै आइतबार बिहान सबेरै एक सानो विमान दुर्घटना हुँदा कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ ।

डल्लासको मुख्य शहरबाट २५ किलोमिटर उत्तरमा रहेको विमानस्थलमा सो दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय समयानुसार आइतबार बिहान ९ः१० मा भएको यस दुर्घटनामा विमानमा सवार रहेका सबै व्यक्तिको मृत्यु भएको बताइएको छ ।

अधिकारीहरुले मारिएका व्यक्तिहरुको परिचयलगायत विस्तृत विवरण भने दिएको छैनन् । सिन्ह्वा

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob