scheduleबुधवार श्रावण १ गते, २०७६

फायरिङ भएको स्थान नजिकैबाट एकजना प्रहरी नियन्त्रणमा


काठमाडौं, १६ असार । संखुवासभाबाट विप्लव नेकपाका एकजना कार्यक्रता पक्राउ परेका छन् । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता र गस्तीमा रहेको प्रहरीबीच सिलिचोङ गाउँपालिका–१ होयङमामा सोमबार बिहान गोली हानाहान भएपछि एकजना कार्यकर्ता पक्राउ परेका हुन् । 

गस्तीमा रहेको प्रहरी टोलीले घटनास्थलनजिकै तेन्छोबाट विप्लवका एक कार्यकर्तालाई पक्राउ गरेका छन् । गस्तीका क्रममा विप्लवका ती कार्यकर्ता पक्राउ परेका सुरक्षा स्रोतले जनाएको छ । यद्यपि, जिल्ला स्थिति सुरक्षा अधिकारीले पनि पक्राउको खबर पुष्टि गरिसकेका छैनन् ।

संखुवासभाको सदरमुकाम खाँदबारीमा अहिले जिल्ला सुरक्षा समितिको बैठक चलिरहेको बताइएको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षक र अन्य सुरक्षा अधिकारीहरु व्यस्त छन् ।

दोहोरो फायरिङको घटनापछि काठमाडौंबाट गएको नेपाली सेनाको हेलिकोप्टरले भिडन्त स्थल नजिक हवाई गस्ती गरिरहेको स्थानीयले जनाएका छन् । हेलिकोप्टरले सिलिचोङको बस्ती र मकालुवरुण जंगलको क्षेत्रमा गस्ती गरिरहेका छन् ।

सेनाका हेलिकोप्टरसँगै सदरमुकामबाट सशस्त्र प्रहरीको २० जनाको टोली घटनास्थलमा गस्तीको लागि प्रस्थान गरेको छ । सिलिचोङ गाउँपालिका–१ का वडाअध्यक्ष लक्ष्य राईले बिहान १० देखि साढे १० बजेको समयमा गाउँमा गोली चलेको जानकारी दिएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob