scheduleबिहिवार भाद्र ५ गते, २०७६

दुई मुक्तक

समीकरण

समिकरण

(१)

बाबु सोध्छन्- धरहरा ठड्यो कि ठडेन ?
आमा सोध्छिन्- वृद्धभत्ता बढ्यो कि बढेन ?
साउदीबाट भाइ सोध्छ कस्तो छ देशमा ?
अर्थतन्त्र अलि माथि चढ्यो कि चढेन ?

(२)

गाउँ/बस्तीमा संघीयता कहिले आउने हो ?
झुपडीले ‘सुखी जनता’ कहिले पाउने हो ?
आउँछ भन्थे; सिंहदरबार गाउँ-गाउँमा
गाउँघरमा समृद्धि कहिले छाउने हो ?

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage