अर्जुन कपुरसँग विवाह गर्ने तयारीमा मलाइका !
काठमाडौँ, १७ असार । बलिउडका चर्चित अभिनेता हुन् अर्जुन कपुर । उनको मलाइका अरोरासँगको अफेयर विगत केही वर्षदेखि चर्चामा रहेको छ ।
गुपचुप रुपमा डेटिङ गर्दै आइरहेका उनीहरुबारे मिडियाले लामो समयदेखि गोसिप प्रसारण गर्दै आइरहेका छन् । यसरबारे मलाइका अरोराले आफ्नो प्रतिक्रिया दिएका छन् ।
मिडिया एक स्वतन्त्र एकल महिलालाई कस्तो व्यवहार गर्छ त्यो भनिरहनु नपर्ने उनले बताएकी छिन् ।
उनले भनेकी छिन्, अर’बाज खानसँग डिभोर्स भएपछि मलाई अर्जुन कपुरले सम्हालेको थियो । उसले मेरो जीवनमा केही भने पनि खुसीयाली ल्याएको छ । मलाई अचम्म लाग्छ म कोसँग डेटिङ गरिरहेकी छु । मेरो उमेर कति छ । यस्ता अनावश्यक कुरालाई हाइलाइट गर्न चाहनेको कमी छैन ।’
मिडिया रिपोर्टका अनुसार उनीहरु छिट्टै नै विवाह बन्धनमा बाँधिने तयारीमा रहेका छन् ।