scheduleमगलवार श्रावण ७ गते, २०७६

सरकारी कागजात किर्ते गर्ने २६ जनालाई कैद


ताप्लेजुङ, १७ असार । ताप्लेजुङ जिल्ला अदालतले सरकारी कागजात किर्ते मुद्दामा २६ जनालाई दोषी ठहर गरेको छ । कृषि विकास बैंक ताप्लेजुङ शाखाका तत्कालिन प्रमुख गणेश खतिवडासहित २६ जनालाईं एक वर्ष कैद र २ करोड ४४ लाख ७५ हजार रुपैयाँ विगोको फैसला गरेको हो ।

सरकारी कागजात किर्ते गरि भीरपाखालाई प्लटिङ जग्गा देखाउँदै कृषि विकास बैंक लिमिटेड ताप्लेजुङ शाखाबाट कर्जा प्रवाह गर्ने कर्मचारी र ऋण लिने जग्गाधनी दोषी ठहरिएका छन् । जिल्ला न्यायाधीष कृपासुर कार्कीको ईजलासले आइतबार एकैदिन सोसँग सम्बन्धित ३८ थान मुद्दाको सुनुवाई गर्दै उक्त फैसला गरेका हुन् ।

जिल्ला अदालतका श्रेष्तेदार केदार प्रसाद गौतमका अनुसार बैकका तत्कालीन शाखा प्रमुख गणेश खतिवडा, लेखापाल हरिशंखर न्यौपाने, कर्मचारी भिमप्रसाद आर्चाय र जग्गाधनी पदमकुमारी नुगो मूख्य दोषी ठहर भएका छन् । उनीहरुलाई जनही कुल विगोको २५ प्रतिशत र अन्य सबैलाई आ–आफ्नो विगोको २५ प्रतिशत जरिवानाको फैसला भएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob