scheduleशुक्रवार श्रावण ३ गते, २०७६

पर्खाल भत्किँदा २१ जनाको मृत्यु


मुम्बई, १७ असार । भारतको महाराष्ट्रमा विभिन्न स्थानमा पर्खाल भत्किँदा २१ जनाको मृत्यु भएको छ । सोमबारदेखि निरन्तर परेको वर्षाले महाराष्ट्रको पूणे र मुम्बईमा गयराति ३ विभिन्न स्थानमा पर्खाल भत्किँदा उनीहरुको मृत्यु भएको र १५ जना भन्दा बढि घाइते भएका छन् ।

घटनास्थलमा अझै मानिस फसेको हुन सक्ने आशंकामा प्रहरी उद्दार कार्य सुरु गरेको छ । तर, वर्षाका कारण उद्दार कार्यमा समस्या भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । घाइतेहरुलाई उपचारका लागि विभिन्न अस्पतालहरुमा भर्ना गरिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob