scheduleबिहिवार आश्विन २ गते, २०७६

किशोरीमाथि घरधनीको यस्तो हर्कत, घटना सार्वजनिक गरे मारिदिने धम्की

झापा, १७ असार । झापामा एक दलित किशोरीमाथि घरधनीले शारीरिक शोषण गर्दै आएको खुलासा भएको छ ।

झापाको मेचीनगर नगरपालिका–९ मा अभिभावकसँगै भाडामा बस्दै आएकी १७ वर्षीया दलित किशोरीमाथि घरधनीले यौन दुर्व्यवहार गर्दै आएको पीडितको भनाइ छ ।

पीडित किशोरीले आफूलाई घरधनीले  त्रासमा राखेर एक वर्षदेखि शारीरिक शोषण गर्दै आएको बताएकी हुन् । आफूलाई पटकपटक शारीरिक शोषण गरेपछि खड्काले कतै सुनाएमा मारिदिने धम्की दिँदै आएको समेत उनले बताएकी छन् ।

हाल ती किशोरीले घरधनीलाई  कानूनी कारवाही गर्न भन्दै प्रहरीसमक्ष उजुरी दिएकी छन् ।

पीडित किशोरीको परिवार खड्का थरका घरधनीको घरमा बस्दै आएका थिए । अभियुक्त खड्काले असार २ गते साँझ पछिल्लो पटक किशोरीलाई बलात्कार गरेका थिए ।  खड्काले बलत्कारपछि मेचीनगर–१० स्थित आम्दा अस्पताल नजिकै ती किशोरीलाई  सडकमा अलपत्र छाडेका थिए ।

स्थानीयवासीले पीडित किशोरीलाई रुँदै सडकमा बसिरहेको अवस्थामा फेला पारेपछि प्रहरीलाई बुझाएका हुन् ।

खड्का हाल फरार छन् । उनको खोजतलास भइरहेको प्रहरीले बताएको छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage