scheduleबुधवार आश्विन २९ गते, २०७६

करोडौं खर्चेर रोपिएका बिरुवा धमाधम मर्न थाले

सप्तरी, १७ असार । यसै वर्षदेखि २ नं प्रदेशमा हरित प्रदेश अभियान सुरु गरिएको छ । तर प्रदेश २ सरकार तथा संघले करोडौं खर्च गरेर रोपेका बिरुवा संरक्षणको अभावमा धमाधम मर्न थालेका छन् ।

प्रदेश सरकारले बिरुवा उत्पादन र बृक्षारोपणमा मात्रै ध्यान दिएकाले हरित प्रदेश अभियान कार्यक्रम प्रभावकारी नहुने हो कि भन्ने चासो व्यक्त हुन थालेको हो ।

चालू आर्थिक वर्षमा सप्तरीको सुरुंगा नगर क्षेत्रमा हरित प्रदेश अभियान अन्तर्गत बृक्षारोपण गरिएको छ । तर आवश्यक संरक्षणको अभावले बिरुवा मर्न थालेका छन् ।

प्रदेश २ सरकारको हरित प्रदेश अभियान अन्तर्गत  सप्तरी जिल्लामा मात्रै चालू आर्थिक वर्षमा एक वर्षे पाँच लाख र दुई वर्षे ८ लाख गरी कूल १३ लाख वटा विभिन्न जातका बिरुवा उत्पादन गर्ने काम भईरहेको छ । यसबाहेक संघीय सरकारको योजना अन्तर्गत थप १ लाख ४० हजार बिरुवा र ८ हजार ३ सय विभिन्न जडिबुटीका बिरुवा उत्पादन गर्ने काम समेत भईरहेको छ ।

बिरुवा उत्पादनको  काममा मात्रै संघ र प्रदेश सरकारको  गरी दुई करोड १८ लाख ८५ हजार खर्च भएको छ । प्रदेशकै हरित अभियान अन्तर्गत बृक्षारोपण कार्यक्रम अन्तर्गत  ५० हेक्टर जग्गामा बिरुवा लगाउने योजना छ ।

सप्तरीको दक्षिणी क्षेत्रमा चुरे क्षेत्र नभएकाले दक्षिणी क्षेत्रमा  स्थानीयकै निजी जग्गामा वृक्षारोपण गर्ने योजना प्रदेश सरकारले बनाएको छ ।  निजी जग्गामा वृक्षारेपण गरेवापत प्रदेश सरकारले एक हेक्टरमा बिरुवा लगाउनेलाई ५० हजार रुपैयाँ अनुदान दिने भएको छ ।

ठूलो धनराशी खर्च गरेर रोपिएका बिरुवाको संरक्षणका लागि प्रस्ट कार्ययोजना हुनुपर्ने सरोकारवालाको भनाइ छ । कार्ययोजनाबिना चुरे संरक्षणको नाममा खर्च गरिएको बजेट बालुवामा पानी हाले सरह हुने देखिन्छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage