scheduleशुक्रवार श्रावण ३ गते, २०७६

सर्पको टोकाइबाट रोकायाको ज्यान गयो

बझाङ, १७ असार । सर्पको टोकाइबाट बझाङमा एकजना युवकको ज्यान गएको छ ।

सर्पको टोकाइबाट ज्यान गुमाउनेमा बझाङ जिल्लाको मष्टा गाउँपालिकाका १९ वर्षीय पवन रोकाया भएको प्रहरीले बताएको छ । देउरा बजारमा रोकायालाई सर्पले टोकेको थियो ।

अरुण होटेलमा सुतिरहेका बेला उनको दायाँ कानमा सर्पले टोकेको हो । सर्पले टोकेलगत्तै उनलाई बझाङ जिल्ला अस्पतालमा लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob