scheduleबुधवार श्रावण ८ गते, २०७६

शेयर बजारमा सुधार

काठमाडौं, १७ असार । नेपाल स्टक एक्सचेन्ज नेप्से ११ दशमलव ०२ अंकले बढेको छ ।  ११ दशमलव ०२ अंकले बढेको नेप्से  १ हजार २ सय ५३ दशमलव ०६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने १ दशमलव ४३ अंकले बढेर २ सय ६९ दशलमव ९६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज १ सय ७० कम्पनीको १४ लाख ६६ हजार ८९७ कित्ता शेयर खरिदबिक्री भई ४२ करोड ९४ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सबैभन्दा बढी कारोबार मेगा बैंकको भएको छ । जसको मर्जमा जाने हल्लाले कारोबार अत्याधिक भएको छ । जसको कारोबार आज ४ करोड ९५ लाख रुपैयाँ बराबरको भएको छ । बजार मूल्य भने २०७ रुपैयाँ रहेको छ ।

आजको कारोबारबाट सर्वाधिक कमाउनेमा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा १० प्रतिशतले बढेको छ । त्यस्तै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ४९ प्रतिशतले बढेको छ ।

साथै सर्वाधिक गुमाउनेमा युनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव ८८ प्रतिशतले घटेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob