scheduleशुक्रवार श्रावण ३ गते, २०७६

रुपन्देहीमा गोली हानेर साढे ४ लाख लुटियो

रुपन्देही, १७ असार । मंगलबार अपरान्ह रुपन्देहीको गैडहवा गाउँपालिकामा गोली चलेको छ । गोली चलेसँगै एक महिलाको चार लाखभन्दा बढी रकम लुटेर अज्ञात समूह फरार भएको छ ।

इलाका  प्रहरी कार्यालय सूर्यपुराका निमित्त इलाका प्रहरी कार्यालय प्रमुख सई पदम थापाले घटनाको पुष्टि गरेका हुन् ।

लुम्बिनीबाट कृषि बिकास बैंकमा ४ लाख ६३ हजार रुपैयाँ निकालेर अटोरिक्सामा आउँदै गरेकी गैडहवा गाउँपालिका–४ की रेशमकुमारी मल्ललाई सोही गाउँपालिका ३ को मंगलपुर चोकमा पछाडिबाट अटोरिक्साको टायरमा गोली हानी दुई जनाको अज्ञात समूह फरार भएको सई थापाले जानकारी दिए ।

रिक्सामा एक जना चालक थिए, दुईजना पुरुष  र ती महिला थिइन् । थापाले भने ‘लुटेर भाग्दा आफ”लाई भेटाउन नसकुन भनेर उनीहरुले टायरमा गोली चलाएको हुनसक्ने अनुमान  गरिएको छ ।’

घटनाका अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob