scheduleमगलवार कार्तिक २६ गते, २०७६

बाघको जुङ्गा उखेलेको आरोपमा ५ लाख जरिवाना !

बर्दिया, १८ असार । जिल्लाको गेरुवा गाउँपालिकाका एक व्यक्तिले बाघको जुँगाका कारण ठूलो रकमको जरिवाना तिर्नुपरेको छ ।

अदालतले गेरुवा गाउँपालिका-४ शान्तिपुर धकनिया निवासी सुन्दरलाल चौधरीलाई मरेको बाघको जुँगा उखेलेर घरमा लुकाएको आरोपमा पाँच लाख रुपैयाँ जरिवाना दिन भनेको छ ।

चौधरीलाई बाघ मारेको आरोपसमेत लगाई पक्राउ गरिएको थियो । तर बाघ मारेको प्रमाण फेला नपरेपछि जिल्ला अदालतले बाघको जुँगा उखेली घरमा लुकाएको अभियोगमा पाँच लाख रुपैयाँ जरिवाना तिर्न भनेको हो । ५ लाख तिरेपछि उनलाई अदालतले रिहा गरिदिएको छ ।

बर्दिया जिल्ला अदालतका मुख्य न्यायाधीश किरणकुमार पोखरेलको इजलासले बाघ मारेको आरोपमा पक्राउ परेका चौधरीलाई पाँच लाख रुपैयाँ जरिवाना तिराएको हो ।
फैसलामा अभियुक्त चौधरीले गत पुस २८ गते बाघको जुँगा उखेलेर घरमा लुकाई राखेको प्रमाण फेला परेको र बाघको जुँगा घरमा राख्नु गैरकानुनी भएको उल्लेख गर्दै उक्त जरिवाना तोकिएको हो । वन्यजन्तु मारेको र अंग ओसारपसारमा संलग्न अभियुक्तलाई पाँचदेखि १५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ।
IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage