scheduleबुधवार मंसिर ४ गते, २०७६

दिपक मनाङ्गे समेत कमरेड बन्ने, बिहीबार नेकपा प्रवेशको तयारी

काठमाडौं, १८ असार । गण्डकी प्रदेश सभामा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएका छन् ।

नेकपा प्रवेशका लागि बिहीबारको कार्यक्रम तय भएको गुरुङका स्वविय सचिव जगदीश योगी र नेकपाले पुष्टि गरेका छन्।

गुरुङ मनाङ ‘ख’बाट निर्वाचित भएका थिए । स्वतन्त्र उम्मेदवारी दिएका उनलाई तत्कालीन एमालेले समर्थन गरेको थियो । ज्यान मार्ने उद्योग सम्बन्धी पुरानो मुद्दाकै क्रममा पक्राउ परेपछि उनले सपथ लिन पाएका थिएनन्।

तर अदालतको आदेशमा रिहा भएपछि २०७५ माघ १४ गते गुरुङले प्रदेश सभा सदस्यको सपथ लिएका थिए।

पुस ६ गते जेलमुक्त भएपछि १२ गते उनले सपथ लिन पाऊँ भनी गण्डकी प्रदेश सभामा निवेदन र निर्वाचन आयोगबाट दिइएको विजय उम्मेदवारको प्रमाणपत्र पेस गरेका थिए । निवेदन दिएको १ महिनापछि सभामुख नेत्रनाथ अधिकारीले उनलाई सपथ खुवाएका थिए।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage