scheduleसोमवार आश्विन ६ गते, २०७६

जुवा खेल्दै गरेका वडाध्यक्ष पक्राउ

इटहरी, १८ असार । प्रहरीले जुवा खेलिरहेका वडाध्यक्षसहित ५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जुवा खेलिरहेको अवस्थामा इटहरी उपमहानगरपालिका-१५ का वडा अध्यक्ष अध्यक्ष श्रवणकुमार चौधरीसहित पाँचजनालाई पक्राउ गरेको हो।

वडा अध्यक्ष चौधरीसहित अन्य पाँचजनालाई सुनसरीको दुहवीबाट पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्र फुयाँलले जानकारी दिए।

जुवाको खालबाट नगद २ लाख रकमसमेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेमा वडाध्यक्ष चौधरीसहित मोरङको ग्रामथान गाउँपालिका ६ का ४० वर्षीय रुपेशकुमार तामाङ, ग्रामथान ५ का ४० वर्षीय लालबहादुर चौधरी, गढी गाउँपालिका ३ का ४२ बर्षीय रमेश चौधरी र ३९ बर्षीय जोगेन्द्र उराव रहेका छन्।

पाँचैजना दुहवी १२ मा रहेको गंगा चौधरीको घरमा जुवा खेलिरहेका थिए। उनीहरूलाई गोप्य सूचनाको आधारमा छापा मारी पक्राउ गरेको फुयाँलले जानकारी दिए।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage