scheduleबिहिवार श्रावण २ गते, २०७६

यातायात व्यवस्था कार्यालयका बिचौलिया प्रहरी नियन्त्रणमा

वीरगञ्ज, १८ असार । वीरगञ्जबाट प्रहरीले यातायात व्यवस्था कार्यालयमा विचौलियाको काम गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका नं. १५ लक्ष्मणवा बस्ने २० वर्षीय विनयकुमार गुप्ता, सोही ठाउँ बस्ने १८ वर्षीय शिव शम्भु यादव र बारा जिल्ला फेटा गाउँपालिका घर भइ वीरगञ्ज महानगरपालिका वडा नं १५ लक्ष्मणवा बस्न २० वर्षीय श्यामसुन्दर साह रहेका छन् ।

सेवाग्राहीबाट सरकारी दस्तुर भन्दा बढी रकम लिएर काम गराइदिने आश्वासन दिँदै गर्दा  उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिबारे थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob