scheduleबुधवार श्रावण ८ गते, २०७६

शेयर बजारमा बिग मर्जरको प्रभाव, बुधबार दोहोरो अंकको सुधार

काठमाडौं, १८ असार ।  वाणिज्य बैंकहरूबीच हुने भनिएको बिग मर्जरले बजारमा प्राथमिकता पाउँदा शेयर बजारमा बुधबार समेत हरियाली छाएको छ ।

बुधबार सबैभन्दाबढी कारोबार भएको १० कम्पनीमा ९ कम्पनी वाणिज्य बैंक समूहका छन्। त्यसमापनि लगानीकर्ताहरूले कमजोर ठानिएको वाणिज्य बैंकहरूको शेयर खरिद बिक्री बढाएका छन्।

साताको चौथो दिन सेयर बजारमा हरियाली छाएको हो । बुधबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोहोरो अंकले सुधार आउँदा सेयर बजारमा हरियाली छाएको हो ।

बुधबार नेप्से १५.६२ अंकले बढेर एक हजार दुई सय ६८.६८ अंकमा पुगेको हो । नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्स पनि ३.०२ अंकले वृद्धि भएर २ सय ७२.९८ अंकमा  पुगेको छ ।

नेप्से बढेको दिन बजारमा एक सय ७४ कम्पनीका २० लाख ६४ हजार ९ सय १३ कित्ता सेयर ५५ करोड २ लाख ४७ हजार ८ सय १३ रुपैयाँमा कारोबार भए । आज बजारमा कारोबारमा आएका सबै ११ समूहगत उपसूचक उकालो लागेका छन् । नेप्से बढेको दिन जीवन बिमा समूह सर्वाधिक ९४.९३ अंकले उकालो लागेको छ ।

सेयर बजार बढेको दिन नेपाल बैंकको कारोबार सबैभन्दा धेरै भयो । यस दिन बैंकको सेयर ४ करोड ५३ लाख ३१ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको हो । नेप्से बढेको दिन  सुर्योदय लघवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यसदिन कम्पनीको सेयर मूल्य ८.१० प्रतिशतले बढेको हो । त्यसैगरी रिलायन्स फाइनान्स्का लगानीकर्ताले सर्वाधिक ६ प्रतिशत  सेयर मूल्य गुमाए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob