scheduleशुक्रवार श्रावण ३ गते, २०७६

राहुलले दिए पुनः राजीनामा, जवाफदेही संस्कारको सुरुवात गरेको भनाई


काठमाडौं, १८ असार । भारतीय कांग्रेस पार्टीको अध्यक्ष पदबाट राहुल गान्धीले राजीनामा दिएका छन् । अध्यक्ष राहुलले लोकसभा चुनाव २०१९ मा पार्टीले व्यहोरेको हारको जिम्मेवारी आफूले लिने बताउँदै राजीनामा दिएका हुन् ।

निर्वाचन लगत्तै पनि राहुलले दिएको राजीनामा पार्टीले स्वीकृत गरेको थिए । ‘भविश्यमा पार्टी विस्तारका लागि जवाफदेही महत्वपूर्ण छ । यही कारण मैले कांग्रेस अध्यक्षबाट राजीनामा दिएको छु’ राहुलले राजीनामा दिँदै भनेका छन् ।

ट्वीटमार्फत् ४ पाना लामो राजीनामा पत्र सार्वजनिक गरेका राहुल १०१७ को डिसेम्बरमा कांग्रेस अध्यक्ष बनेका थिए । उनले राजीनामा फिर्ता लिने सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

राहुलले राजीनामाको घोषणासँगै अरुलाई जवाफदेही बनाउनु अघि आफू पहिले जवाफदेही बन्न जरुरी रहेको स्पष्ट पारेका छन् ।

राहुलको राजीनामासँगै २१ वर्षपछि कांग्रेसमा गैर-गान्धी परिवारबाट अध्यक्ष बन्ने सम्भावना बढेको छ । १९९६ देखि १९९८ सम्म सीताराम केसरी अध्यक्ष रहेका थिए ।

कांग्रेसको अध्यक्ष बन्ने दौडमा सुशील सिन्दे, अशोक गहलोत, मल्लिकार्जुन खड्गेको नाम चर्चामा छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob