scheduleशुक्रवार श्रावण ३ गते, २०७६

बैतडीमा विद्यालयबाटै बेपत्ता भइन् एक बालिका


बैतडी, १८ असार । बैतडीको एक विद्यालयबाट आठ वर्षका बालिका बेपत्ता भएकी छिन् । जिल्लाको दोगडाकेदार गाउँपालिका २ ढिक्कगाड घर भई दशरथचन्द नगरपालिका ४ बमरोडामा बुबा खडक सार्कीसँगै डेरा गरी बस्दै आएकी कक्षा १ मा अध्ययनरत ८ वर्षका बालिका कलावती सार्की विद्यालयबाटै बेपत्ता भएकी हुन् ।

दशरथचन्द नगरपालिका ४ डोबरा स्थित ईश्वर आधारभुत विद्यालयमा हिजो बिहान ८ बजे पु¥याएर बालिकाका बुबा काममा फर्किएका थिए । छुट्टी भइसकेपछि पनि छोरी घर नफर्केपछि बुवा खडकले प्रहरीलाई सम्पर्क गरेका छन् ।

प्रहरीका अनुसार कलावती विद्यालयमा नआएको शिक्षकले बताएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता दिपक पातलीले जानकारी एि । बालिका फेला परे जो सुकैले प्रहरीको टोल फ्री नम्बर एक सयमामा सम्पर्क गर्न आग्रह गरिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob