scheduleबुधवार श्रावण ८ गते, २०७६

मादी गाउँपालिकाको केन्द्र सार्न लागेकोमा आपत्ति

मादी, १९ असार । नेपाली काँग्रेस मादी गाउँ पालिका कार्यसमिति र नेपाली काँग्रेसका तर्फवाट मादी गाउँ पालिकामा निर्वाचित जनप्रतिनिधीहरुको संयुक्त बैठक मादी गाउँपालिकाको केन्द्र सार्न लागेकोमा आपत्ति जनाएको छ ।

नेपाली काँग्रेस मादी गाउँ पालिकाका संयोजक देवीजंग गुरुङ्गको सभापतित्वमा वसेको वैठकले नेपाल सरकारको नियमावली अनुसार मादी गाउँ पालिकाको याङ्जाकोट झ्यालीपोखरीबाट केन्द्र परिवर्तन गर्ने एक्लौटी निर्णय खारेजीको माग गरेको छ ।

बैठकले १२ वटै वडाहरुलाई पायक पर्ने स्थान मादी करिडोरमा केन्द्र राख्नुपर्ने माग गरेको छ ।वैठकले ५ औं गाउँ सभामा नेपाली काँग्रेसका तर्फवाट निर्वाचित जनप्रतिनिधीहरुले राखेको संशोधन प्रस्ताव माथि छलफल नगरी सहमती, सहकार्य, र एकतालाई लत्याएर जवरजस्ती गरेमा आषाढ २० गते बोलाइएको गाउँ सभामा आफ्ना प्रतिनिधीहरु सभामा उपस्थित भएर विरोध सहित वहिष्हकार गर्ने बुधबार जारी विज्ञप्तीमा उल्लेख छ ।

अघिल्लो वर्षका महत्वपूर्ण निर्णयहरु कार्यान्वयनमा जाने प्रतिवद्धता व्यक्त नगरेमा २० गतेको सभा वहिष्कार गर्दै २१ गतेको घोषणा सभामा प्रमुख अतिथिलाई विरोध सहित कालो झण्डा देखाउने र गाउँ पालिका भरी भण्डाफोर अभियान सञ्चालन गर्ने विज्ञप्तीमा उल्लेख छ ।

मादी गाउँ पालिकाको पाँचौं सभा मार्फत गाउँ पालिका अध्यक्ष वेद वहादुर गुरुङ्ग ९श्याम० ले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट एकलौटी, वहुमतीय पूर्वाग्रही रहेको उनीहरुको आरोप छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob