scheduleबुधवार श्रावण ८ गते, २०७६

‘व्यापार सहजीकरणमा सरकारको सकारात्मक भूमिकाको अपेक्षा’

काठमाडौँ, १९ असार । ‘व्यापारी आत्तिन जरुरी छैन’ अर्थ मन्त्रालयका राजश्व सचिव लालशङ्कर घिमिरेले सरकार सधैँ निजी क्षेत्रसँगको सहकार्यबाट अगाडि बढ्न चाहेको बताउँदै सरकारले गरेको केही कानूनी तथा नीतिगत फेरबदलबाट नआत्तिन व्यापारीलाई आग्रह गरे ।

“सरकारले संवादको ढोका खोलेको छ । व्यापारीलाई धम्क्याएर राजश्व असुल्ने पक्षमा छैन, व्यापारी आत्तिन जरुरी छैन, नियम कानून गतिशील छन्, परिवर्तन हुन्छन्”, उनले भने, “व्यापार सहजीकण गर्न सरकार तयार छ, केही समस्या आइपरे निजी क्षेत्रसँगै मिलेर समाधान गर्न मन्त्रालय सकारात्मक छ ।”

निजी क्षेत्रको सकारात्मक सहभागिताबाट मात्र राजश्व सङ्कलन सफल हुने मन्त्रालयको विश्वास रहेको प्रष्ट्याउँदै उनले राजश्वको दर निर्धारण गर्न निजी क्षेत्रको बढीभन्दा बढी सहभागिता रहने गरी ‘राजश्व बोर्ड’ गठनको तयारी भइरहेको बताए ।

सरकारले पुस्तकको आयातमा कर लगाएको भनेर अलोचना भइरहेको सन्भर्दमा सचिव घिमिरेले ज्ञानको भण्डार पुस्तकमा कर लगाउनै नहुने भनेर अन्तर्राष्ट्रिय कानूनमा नभएको प्रष्ट पारे ।

“पुस्तकमा न्यूनतम कर लगाउन पाइने मान्यता रहेको छ, विश्वका १३५ मुलुकमा पुस्तकको आयातमा कर लाग्छ”, उनले भने, “छिमेकी मुलुक भारतमा १० प्लस १, पाकिस्तानमा तीन, बङ्गलादेशमा ७५ र डेनमार्कमा पुस्तकको आयातमा २५ प्रतिशत कर लगाएको पाइन्छ ।” सचिव घिमिरेले सबै नागरिकलाई स्थायी लेखा नम्बर (प्यान) उपलब्ध गराउन सरकारले ‘हिँड्दा हिँड्दै प्यान कार्ड दिने’ अभियान सञ्चालन गर्न लागेको जानकारी गराए ।

अर्थ मन्त्रालयका अर्का सचिव डा राजन खनालले मुलुकको बढ्दो व्यापारघाटा न्यूनीकरणका लागि व्यापार विविधीकरणमा जोड दिए ।

“नेपाल आत्मनिर्भर भएका क्षेत्रको उत्पादनको निर्यातमा बढीभन्दा बढी जोड दिनुपर्छ, केही महीनापछि हामी बिजुली निर्यात गर्न सक्षम हुँदैछाँै, यसले व्यापारघाटा न्यूनीकरण गर्न मद्दत पुग्नेछ” उनले भने, “क्लिङ्कर, सिमेन्टलगायत केही उत्पादनमा हामी आत्मनिर्भर भएका छौँ । निर्यात मात्र होइन, आन्तरिक माग धान्न सक्नेगरी उत्पादन गर्दै आयात प्रतिस्थापन गर्न सकेमा स्वतः व्यापार घाटा न्यूनीकरण हुँदै जानेछ ।” आगामी आवको बजेटले जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पु¥याउने केही शक्तिवद्र्धक पेय पदार्थको आयातमा रोक लगाएको सचिव खनालले प्रष्ट पारे । सरकारले भुक्तानी नदिएर विकास आयोजना अगाडि नबढेको भन्ने विषय हल्ला मात्र भएको उल्लेख गर्दै उनले रकमका कारण कुनै आयोजना अवरुद्ध भएका भए तत्काल छलफलका लागि आउन निर्माण व्यवसायीलाई आग्रह गरे ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob