scheduleबुधवार श्रावण ८ गते, २०७६

दुग्ध विकास नीति परिमार्जन गर्दैै सरकार, यस्तो छ गृहकार्य


काठमाडौं, १९ असार । सरकारले दुग्ध विकास नीति २०६४ परिमार्जन गर्ने तयारी सुरु गरेको छ । दुग्ध विकास नीति २०६४ को कार्यविधि दुग्ध विकास बोर्डबाट कार्यान्वयनको लागि तत्कालीन कृषि विकास मन्त्रालयमा गएपनि कार्यान्वयन नभइरहेको सन्दर्भमा त्यसलाई परिमार्जनको तयारी सुरु भएको हो ।

१२ वर्षसम्म कार्यान्वयनमा आउन नसकेपछि अब थप नयाँ विषयलाई समावेश गर्ने तयारी सरकारको छ । परिमार्जित नीतिमा किसानलाई थप बढी फाइदा पुग्ने गरी नीति परिमार्जन गरेर कार्यान्वयनमा ल्याइने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

दुग्ध विकास नीति २०६४ मा लेवी उठाउने र दुग्ध कोष खडा गरी दुग्ध क्षेत्रको विकास गर्ने कुरा उल्लेख गरिएको छ । उक्त प्रावधानप्रति व्यवसायीहरुले असन्तुष्टि जनाउँदै नीति कार्यान्वयन गर्न दिएका छैनन् । अब भने सारोकारवालाको छलफल पछि नीतिमा परिमार्जन गर्ने र थन्काएर नराखिने कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री राम कुमारी चौधरीले दावी गरिन् ।

व्यवसायिकरुपमा, गाई भैंसी पाल्ने ४ लाख भन्दा धेरै किसान देशभरका सहकारीमा आवद्ध रहेको तथ्यांक दुग्ध विकास बोर्डको छ । अब बन्ने नीतिमा किसानहरुको कुरालाई विशेष ध्यान दिनुपर्ने किसान आयोगका विषयविज्ञ उदयचन्द्र ठाकुर जोड दिन्छन् । सरकारले पनि दुग्ध क्षेत्रमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ । तर, अहिलेसम्म किसानलाई समेट्ने विषेश नीति विनै सरकार अघि बढिरहेको छ । कृषि प्रधानदेशमा कृषकहरु नै उपेक्षामा परेको सरोकारवाला पक्षको गुनासो रहँदै आएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob